1 Kings 8:5 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
सोलोमन राजा र भेला भएका सबै मानिसहरू करारको सन्‍दुकअघि भेला भए र धेरै-धेरै भेडा र गोरुहरू गन्‍न नसकिने सङ्‍ख्‍यामा बलि चढाए।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
अनि सोलोमन राजा र इस्राएलका जम्‍मै समुदाय, जो तिनको अगाड़ि भेला भएका थिए, तिनीहरू अनगिन्‍ती भेड़ाहरू र साँढ़ेहरू बलिदान चढ़ाउँदै सन्‍दूकको सामुन्‍ने थिए।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
अनि सन्दुकको सामु उपस्थित भएका राजा सोलोमन अनि तिनका चारैतिर भेला भएका इस्राएलका सम्पूर्ण समुदायले यति धेरै भेडाहरू र पशुहरू बलिदान चढाइरहेका थिए, कि त्यसलाई दर्ता गर्न अथवा गन्‍न पनि सकिँदैनथ्यो।
Nepali ERV (पवित्र बाइबल)
राजा सुलेमान अनि इस्राएलका सारा समुदाय करारको सम्झौता सन्दूक अघि भेला भए। तिनीहरूले धेरै बलिहरू चढाए। तिनीहरूले यति धेरै भेडाहरू अनि पशुहरू मारे, कुनै मानिसले गन्ती गर्न सकेन।