1 Kings 8:56 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
“परमप्रभुको प्रशंसा गर, जसले आफ्‍नो प्रतिज्ञाअनुसार आफ्‍ना प्रजालाई शान्‍ति दिनुभएको छ। आफ्‍नो सेवक मोशाद्वारा ठूलो मनले दिनुभएको सबै प्रतिज्ञाहरू उहाँले पूरा गर्नुभएको छ।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
“आफ्‍नो प्रजा इस्राएललाई आफूले प्रतिज्ञा गर्नुभएबमोजिम विश्राम दिनुहुने परमप्रभुलाई प्रशंसा होस्‌। आफ्‍ना दास मोशाद्वारा गर्नुभएका सबै असल प्रतिज्ञाहरूमध्‍ये एउटै पनि विफल भएको छैन।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
“याहवेहको प्रशंसा होस्, जसले आफ्नो प्रतिज्ञाअनुसार आफ्ना जाति इस्राएललाई विश्राम दिनुभएको छ। उहाँले आफ्नो सेवक मोशाद्वारा गर्नुभएका असल प्रतिज्ञाहरूमध्ये एउटै पनि असफल भएका छैनन्।
Nepali ERV (पवित्र बाइबल)
“परमेश्वरको स्तुति गर! उहाँले इस्राएलका आफ्ना मानिसहरूलाई शान्ति दिने प्रतिज्ञा गर्नुभएको छ। अनि उहाँले हामीलाई शान्ति दिनुभएको छ! परमप्रभुले आफ्नो सेवक मोशालाई प्रयोग गर्नु भएको थियो अनि इस्राएलका मानिसहरूलाई धेरै राम्रा-राम्रा प्रतिज्ञा गर्नु भएको थियो। अनि परमप्रभुले आफ्नो प्रत्येक प्रतिज्ञालाई पूरा गर्नु भएको छ!