1 Kings 8:63 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
राजाले बाईस हजार गाई-गोरु र एक लाख बीस हजार भेडाहरूको मेलबलि चढाए र यसरी राजा र सारा प्रजा मिलेर मन्‍दिर अर्पण गरे।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
सोलोमनले बाईस हजार गाईबस्‍तु र एक लाख बीस हजार भेड़ाबाख्राहरू परमप्रभुमा मेलबलिको निम्‍ति चढ़ाए। यसरी नै राजा र सबै इस्राएलीहरूले परमप्रभुको मन्‍दिरलाई समर्पण गरे।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
सोलोमनले मेलबलिको रूपमा बाइस हजार गाईबस्तु र एक लाख बीस हजार भेडाबाख्राहरू चढाए। यसरी राजा र सारा इस्राएलीहरूले याहवेहको मन्दिरलाई समर्पण गरे।
Nepali ERV (पवित्र बाइबल)
सुलेमानले 22,000 साँढे अनि 1,20,000 भेडाहरू बलि चढाए। यी सबै मेलबलि भेंट बलि थिए। यस प्रकार इस्राएलका राजा अनि मानिसहरूले परमप्रभुलाई मन्दिर समर्पण गरे।