1 Kings 8:64 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
त्‍यही दिन तिनले मन्‍दिर सामुन्‍नेको क्षेत्र अथवा चोकको मध्‍यभाग पनि अर्पण गरे। तब तिनले त्‍यहाँ सम्‍पूर्ण होमबलि, अन्‍नबलि र मेलबलिको निम्‍ति पशुको बोसो बलिदान चढाए। यी सबै बलि चढाउन काँसाको वेदी साह्रै सानो भएको हुनाले मन्‍दिरको सामुन्‍नेमा बलिहरू चढाएका हुन्।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
त्‍यसै दिन राजाले परमप्रभुका मन्‍दिरको सामु चोकका बीचको भागलाई पनि अर्पण गरे, र तिनले त्‍यहाँ होमबलि, अन्‍नबलि र मेलबलिको बोसो चढ़ाए, किनभने होमबलि, अन्‍नबलि र मेलबलिको बोसो अटाउनलाई परमप्रभुको सामु भएको काँसाको वेदी साह्रै सानो थियो।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
त्यसै दिन राजाले याहवेहको मन्दिरको सामु चोकको बीच भागलाई पवित्र गरे। अनि त्यहाँ तिनले होमबलि, अन्‍नबलि र मेलबलिको बोसो चढाए; किनभने होमबलि, अन्‍नबलि र मेलबलिको बोसो अटाउनलाई याहवेहको सामु भएको काँसाको वेदी साह्रै सानो थियो।
Nepali ERV (पवित्र बाइबल)
त्यस दिन राजा सुलेमानले मन्दिर अघिको आंगन पनि समर्पण गरे। उनले होमबलि, अन्नबलि अनि पशुहरूको बोसो चढाए जुन मेलबलि समर्पण थियो। राजा सुलेमानले यी बलि अनि भेंटीहरू आँगनमा चढाए। उनले यसो गरे किनभने भित्र परमप्रभुको अघि बनाइएको काँसाको वेदीमा यी सबै चीजहरू अटाऊँदैन थियो।