1 Kings 8:65 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
त्‍यही मन्‍दिरमा नै सात दिनसम्‍म सोलोमन र इस्राएलका सारा प्रजाले छाप्रो बासको चाड मनाए। उत्तरमा लेबो-हमात घाटी र दक्षिणमा मिश्री सिमानासम्‍म टाढाबाट आएका मानिसहरूको एउटा ठूलो भीड त्‍यहाँ जमेको थियो।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
अनि सोलोमन र तिनीसँग भएका सबै इस्राएलले, लेबो-हमातदेखि मिश्रको खोलासम्‍मको पूरा देशबाट एक ठूलो समुदायले त्‍यसै बेला चाड़ मनाए। तिनीहरूले सात दिनसम्‍म र अझै सात दिन गरी जम्‍मा चौध दिनसम्‍म परमप्रभु हाम्रा परमेश्‍वरको सामुन्‍ने चाड़ मान्‍दैरहे।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
यसकारण सोलोमन र त्यस बेला तिनको साथमा भएका सम्पूर्ण इस्राएलले, त्यो विशाल समुदाय, जो लेबो-हमातदेखि लिएर इजिप्टको खोल्सासम्मका मानिसहरूसित चाड मनाए। तिनले याहवेह हाम्रा परमेश्‍वरकै सामु सात दिन र फेरि सात दिन, जम्मा चौध दिन उत्सव मनाए।
Nepali ERV (पवित्र बाइबल)
यसकारण यस प्रकार राजा सुलेमान अनि इस्राएलका सबै मानिसहरूले त्यस समयमा चाड मनाए। सम्पूर्ण इस्राएलीहरू उत्तरमा हमात पासदेखि मिश्र नदीको सीमानहरूसम्म त्यहाँ थिए। त्यहाँ एउटा ठूलो मानिसहरूको भिड थियो। तिनीहरू परमप्रभुको सामुने जम्मा भएका थिए। तब तिनीहरू अझै सात दिनसम्म त्यहाँ बसे। तिनीहरूले सबैजम्मा 14 दिन चाड मनाए।