1 Kings 8:9 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
करारको सन्दुकभित्र मोशाले सीनै पर्वतमा राखेका एक जोडी पत्थरका पाटीहरूबाहेक अरू केही कुरा थिएन। इस्राएलका मानिसहरू मिश्रबाट आइरहेका बेलामा परमप्रभुले तिनीहरूसित करार बाँध्नुभएको थियो।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
त्यस सन्दूकभित्र अरू केही थिएन, केवल दुई वटा शिला-पाटीहरू, जुन मोशाले होरेब पर्वतमा सन्दूकमा राखेका थिए, जहाँ इस्राएलीहरू मिश्रदेश छोड़ेर आउँदा परमप्रभुले तिनीहरूसँग करार बाँध्नुभएको थियो।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
त्यस सन्दुकभित्र ढुङ्गाका दुई पाटीहरूबाहेक अरू केही थिएन, जसमा पाटीहरू मोशाले होरेबमा राखेका थिए, जहाँ इस्राएलीहरू इजिप्टबाट निस्किआएपछि याहवेहले तिनीहरूसित करार बाँध्नुभएको थियो।
Nepali ERV (पवित्र बाइबल)
पवित्र सन्दूक भित्र मात्र दुइवटा ढुङ्गाका पाटीहरू थिए। यी पाटीहरू तिनै थिए जसलाई मोशाले होरेब नाउँ भएको ठाउँमा पवित्र सन्दूकभित्र राखेका थिए। होरेब त्यो ठाउँ थियो जहाँ परमप्रभुले इस्राएलका मानिसहरूसँग तिनीहरू मिश्रबाट बाहिर निस्केपछि करार बाँध्नुभएको थियो