1 Kings 9:11 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
टुरोसका राजा हीरामले तिनलाई सबै देवदारु र सल्‍लाका काठहरू र ती भवन बनाउँदा काममा आउने सबै सुनहरू दिएका थिए। ती काम सकिएपछि सोलोमनले हीरामलाई गालीलका इलाकाभित्र बीस वटा सहरहरू दिए।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
सोलोमनले चाहेका सबै देवदारु र सल्‍लाका काठहरू र सुन हीरामले जुटाइदिएका थिए। यसैकारण सोलोमन राजाले हीरामलाई गालीलमा बीस वटा सहरहरू दिए।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
राजा सोलोमनले टायरका राजा हीरामलाई गालीलका बीस वटा नगरहरू दिए। किनकि हीरामले तिनलाई चाहिए जति देवदारु, सल्‍लाका काठ र सुन दिएका थिए।
Nepali ERV (पवित्र बाइबल)
अनि बीस वर्षपछि राजा सुलेमानले सोरका राजा हीरामलाई गालीलमा 20 वटा शहरहरू दिए। सुलेमानले राजा हीरामलाई यी शहरहरू दिए किनभने हीरामले सुलेमानलाई मन्दिर र महल बनाउनमा सघाउ पुर्याएका थिए। हीरामले सुलेमानालाई सबै धूपी र सल्लाका रूख अनि सुन दिएका थिए जो सुलेमानले मागेका थिए।