1 Kings 9:13 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
तिनले सोलोमनलाई भने, “भाइ, तपाईंले मलाई दिनुभएको सहर यस्‍तै हुन्?” यसैले त्‍यस ठाउँलाई अझसम्‍म काबूल भनिन्‍छ।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
र उनले सोधे, “हे मेरा भाइ, तपाईंले मलाई दिएका यी सहरहरू त कस्‍ता किसिमका रहेछन्‌?” अनि उनले ती सहरहरूलाई काबूल देश भन्‍ने नाउँ दिए। तिनीहरूको यो नाउँ अहिलेसम्‍म छ।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
अनि तिनले सोधे, “मेरा भाइ, तपाईंले मलाई यी कस्ता किसिमका नगरहरू दिनुभयो?” अनि तिनले तिनीहरूलाई काबूल देश भन्‍ने नाम दिए; जुन नाम आजको दिनसम्मै छँदैछ।
Nepali ERV (पवित्र बाइबल)
उसले राजालाई भने, “मेरा प्रिय भाइ, के यही शहरहरू तपाईंले दिनु भएको?” राजा हीरामले त्यस क्षेत्रको नाउँ काबूल राखे अनि त्यो क्षेत्रलाई आज पनि काबूल भनिन्छ।