1 Kings 9:19 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
खाद्य र अन्य वस्तुहरू, रथ र घोडाहरू राख्ने सहरहरू र यरूशलेम, लेबनान र राज्यको अन्य स्थानहरूमा आफूले बनाउने इच्छा गरेका कुराहरू पनि बनाए।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
अनि आफ्ना सबै भण्डार राख्ने सहरहरूसमेत आफ्ना रथहरू र घोड़ाहरू राख्नका निम्ति नगरहरू पनि बनाए। यरूशलेममा, लेबनानमा र आफूले शासन गरेका सबै इलाकाहरूमा तिनले बनाउनलाई इच्छा गरेका सबै कामहरू पूरा गरे।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
यसको साथमा आफ्ना रथहरू र घोडाहरू राख्न तिनले भण्डार सहरहरू र नगरहरू बनाए। अनि यरूशलेममा, लेबनानमा र तिनले शासन गरेका सबै प्रान्तहरूमा तिनले जे जति बनाउने इच्छा गरेका थिए, ती सबै पूरा गरे।
Nepali ERV (पवित्र बाइबल)
राजा सुलेमानले ती शहरहरू पनि बनाए जहाँ अन्न र चीजहरू राख्नेगरे अनि उनले आफ्ना रथ अनि घोडाहरूका लागि ठाउँ बनाए। राजा सुलेमानले धेरै चीजहरू बनाए जो उनले यरूशलेम, लबानोन अनि अन्य आफूद्वारा शासित ठाउँहरूमा चाहेका थिए।’