1 Kings 9:22 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
इस्राएलीहरूलाई सोलोमनले कमारा बनाएनन्। तिनीहरूले सैनिक, अधिकृत, सेनापति र रथ सेनाका कप्तान र घोडचढीका काम गर्थे।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तर सोलोमनले इस्राएलीहरू कसैलाई पनि कमारा-कमारी बनाएनन्। तिनीहरूचाहिँ तिनका सिपाहीहरू, सरकारी अधिकृतहरू, अधिकृतहरू, कप्तानहरू, अनि रथ र सारथिहरूका सेनापतिहरू थिए।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तर सोलोमनले इस्राएलीहरूबाट कसैलाई पनि दास बनाएनन्। तिनीहरू तिनका लडाकु मानिसहरू, सरकारी अधिकारीहरू, तिनका अधिकृतहरू र तिनका रथहरू र घोडचढीहरूका सेनापतिहरू थिए।
Nepali ERV (पवित्र बाइबल)
सुलेमानले कुनै इस्राएलीलाई उनको दास हुन वाध्य गराएनन्। इस्राएलका मानिसहरू सैनिक, सरकारी अधिकारीहरू, कप्तान अनि रथका सेनापति र चालक थिए।