1 Kings 9:25 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
वर्षमा तीन चोटि आफूले परमप्रभुको निम्ति बनाएका वेदीमा सोलोमनले होमबलि र मेलबलिहरू चढाउँथे। तिनले परमप्रभुलाई धूप पनि बाल्दथे। यसरी तिनले मन्दिर बनाई सिद्ध्याए।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
आफूले परमप्रभुको निम्ति बनाएको वेदीमा सोलोमनले वर्षमा तीन पल्ट परमप्रभुको सामु धूप बाल्दै होमबलि र मेलबलि चढ़ाउँथे। यसरी तिनले मन्दिरप्रति आफ्ना कर्तव्यहरू पूरा गरे।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
सोलोमनले वर्षमा तीन पल्ट याहवेहका निम्ति आफूले बनाएको वेदीमा होमबलि र मेलबलि चढाउँथे। अनि यसका साथसाथै याहवेहको सामु धूप बाल्थे। यसरी तिनले मन्दिरमा गर्नुपर्ने कर्तव्यहरू पूरा गरे।
Nepali ERV (पवित्र बाइबल)
सुलेमान वर्षको तीन पटक वेदीमा होमबलि र मेलबलि चढाउने गर्दथे। यो त्यही वेदी थियो जसलाई सुलेमानले परमप्रभुका लागि बनाएका थिए। राजा सुलेमान परमप्रभुको अघि धूप पनि जलाउँने गर्दथे। तिनले मन्दिरलाई राम्रो अवस्थामा राखे।