1 Kings 9:3 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
परमप्रभुले उनलाई भन्‍नुभयो, “मैले तेरो प्रार्थना सुनें। तैँले बनाएको यस मन्‍दिरलाई सदाकाल मेरो आराधना-स्‍थल भनी म पवित्र गर्दछु। म यसको रखवाली गर्नेछु र सदाकाल प्रेम गर्नेछु।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
परमप्रभुले तिनलाई भन्‍नुभयो: “तैंले मेरो सामुन्‍ने चढ़ाएको प्रार्थना र अर्ज-बिन्‍ती मैले सुनें। तैंले निर्माण गरेको यस मन्‍दिरलाई मैले पवित्र पारेको छु, र सदाको निम्‍ति मैले मेरो नाउँ त्‍यहाँ राखेको छु। मेरो नजर र मेरो हृदय त्‍यहाँ सधैँभरि रहनेछ।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
याहवेहले तिनलाई भन्‍नुभयो: “तैँले मेरो सामु चढाएको प्रार्थना र अर्जबिन्ती मैले सुनेको छु। तैँले बनाएको यस मन्दिरलाई मैले त्यहाँ सदाका निम्ति आफ्नो नाम राखेर पवित्र गरेको छु। मेरो नजर र मेरो हृदय सधैँभरि त्यहाँ रहनेछ।
Nepali ERV (पवित्र बाइबल)
परमप्रभुले उनलाई भन्नुभयोः “मैले तिम्रो प्रार्थना सुनें। मैले ती कुराहरू सुनें जुन तिमीले मलाई गर्ने बिन्ती गरेका थियौ। तिमीले यो मन्दिर बनायौ। अनि मैले यसलाई पवित्र स्थल बनाएँ। यसकारण मेरो त्यहाँ सदा-सर्वदा सत्कार हुनेछ। मैं यसकोमाथि नजर राख्नेछु अनि यसको विषयमा सँधै विचार राख्ने छु।