1 Kings 9:5 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
तेरा पिता दाऊदलाई त्‍यसका सन्‍तानले सधैँ इस्राएलमाथि राज्‍य गर्नेछ भनी मैले दिएको मेरो प्रतिज्ञा म पूरा गर्नेछु।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
जसरी मैले तेरो पिता दाऊदसँग प्रतिज्ञा गरेर यसो भनें, ‘इस्राएलको सिंहासनमा बस्‍नलाई मानिसको कहिले पनि अभाव हुनेछैन,’ तेरो राजकीय सिंहासन इस्राएलमाथि सदासर्वदा स्‍थापित राख्‍नेछु।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
‘इस्राएलको सिंहासनमाथि बस्‍नलाई तँलाई कुनै मानिसको अभाव हुनेछैन’ भनेर मैले तेरा पिता दावीदलाई प्रतिज्ञा गरेझैँ, म इस्राएलमाथि तेरो सिंहासन सदाका लागि स्थापित गर्नेछु।
Nepali ERV (पवित्र बाइबल)
“यदि तिमीले यी सब कामहरू गर्यौ भने मैं तिम्रो परिवारबाट एक जनालाई सँधै इस्राएलको राजा बनाउँनेछु भनी बचन दिन्छु। मैले तिम्रा पिता दाऊदसँग यस्तैं प्रतिज्ञा गरेको थिएँ। मैले उनलाई भनेको थिएँ, इस्राएलको शासन तिम्रो उनको सन्तानहरूबाट एक जनाले चलाउने छ।