1 Kings 9:7 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
म मेरा प्रजा इस्राएललाई मैले दिएको देशबाट हटाउनेछु। मेरो आराधना गरिनलाई मैले पवित्र गरेको यस मन्दिर पनि म त्याग्नेछु। सबै देशका मानिसहरूले इस्राएलको हाँसो उडाउनेछन् र अपमान गर्नेछन्।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तब मैले तिनीहरूलाई दिएको देशबाट म इस्राएललाई बहिष्कार गर्नेछु, र मैले मेरो नाउँको निम्ति पवित्र गरेको यस मन्दिरलाई म त्याग्नेछु। तब इस्राएलचाहिँ सबै मानिसहरूका बीचमा एउटा निन्दा र गिल्लाको पात्र बनिनेछ।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
मैले इस्राएललाई दिएको यस देशबाट म तिनीहरूलाई हटाउनेछु। अनि मैले आफ्नो नामको निम्ति पवित्र गरेको यस मन्दिरलाई म इन्कार गर्नेछु। तब इस्राएल सबै जातिहरूका बीचमा एउटा निन्दा र हाँसोको पात्र बन्नेछ।
Nepali ERV (पवित्र बाइबल)
तब म इस्राएललाई त्यो भूमि छोडन वाध्य गराउने छु जुन मैले तिनीहरूलाई दिएको थिएँ, अनि त्यो अरू मानिसहरूका लागि इस्राएल एउटा उदाहरण हुनेछ। अरू मानिसहरू इस्राएलमाथि हाँसो गर्नेछन्। मैले मन्दिरलाई पवित्र बनाएको छु अनि यो त्यो ठाऊँ हो जहाँ मानिसहरूले मेरो उपासना गर्छन तर यदि तिमीले मेरो अनुसरण गर्दैनौ भने म यसलाई ध्वंस पार्नेछु।