1 Kings 9:8 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
यो मन्‍दिर भताभुङ्ग हुनेछ र यसको छेउबाट भएर जाने सबैले अचम्‍म मान्‍नेछन् अनि विरक्त हुनेछन्। ‘किन परमप्रभुले यो देश र यस मन्‍दिरलाई यसरी विध्‍वंस गर्नुभयो?’
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
यद्यपि यो मन्‍दिर अहिले प्रभावशाली छ, त्‍यसबाट जाने सबै मानिस अवाक्‌ भएर गिल्‍ला गर्दै यसो भन्‍नेछन्, ‘परमप्रभुले किन यस देश र यस मन्‍दिरसित यस्‍तो काम गर्नुभयो?’
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
अहिले यो मन्दिर भव्य भए तापनि यसको छेउबाट जाने सबैले चकित हुँदै खिसी गरेर यसो भन्‍नेछन्, ‘याहवेहले यस देश र यस मन्दिरलाई किन यसो गर्नुभएको होला?’
Nepali ERV (पवित्र बाइबल)
यो मन्दिर ध्वंस हुनेछु। प्रत्येक मानिस जो यसलाई हेर्नेछ, आश्चर्य चकित हुनेछ। तिनीहरूले सोध्ने छन्, ‘परमप्रभुले यो मन्दिर र भूमि प्रति यस्तो भयंकर कार्य किन गर्नु भयो?’