1 Peter 1:10 — Compare Translations

5 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
तिमीहरूले पाएको यस मुक्तिको बारेमा अगमवक्ताहरूले खोजे र छानबिन गरे अनि परमेश्‍वरले तिमीहरूलाई दिनुहुने अनुग्रहको बारेमा अघिबाटै बताएका थिए।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तिमीहरूका निम्‍ति हुन आउने अनुग्रहको विषयमा अगमवाणी बोल्‍ने अगमवक्ताहरूले यही मुक्तिको खोजी र तलाश गरेका थिए।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तिमीहरूका निम्ति हुन आउने अनुग्रहको विषयमा अगमवाणी बोल्ने ती अगमवक्ताहरूले यही मुक्तिको बारेमा खोज र छानबिन गरेका थिए।
Nepali ERV (पवित्र बाइबल)
अगमवक्ताहरुले सावधानपूर्वक अध्ययन गरे अनि यो मुक्तिको विषयमा जान्ने कोशिश गरे। ती अगमवक्ताहरुले अनुग्रहको बारेमा अगमवाणी गरे जो तिमीहरुलाई देखाइयो।
Nepali Tamang 2011
परमेश्‍वरसे एनीगदेदा लबा दयामायाला बारेरी अगमवक्तागदेसे ङाच्‍छान पाङ्सी जिन्‍बा मुबा। ओच्‍छे एनीगदेसे याङ्बा चु थार्बाला बारेरी थेनीगदेसे ल्‍हानान ङ्‌योइबा छार्बा लमुबा।