1 Peter 1:12 — Compare Translations

5 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
पवित्र आत्‍माको शक्तिमा अहिले सुसमाचार सुनाउनेहरूले बताएको कुरा स्‍वर्गबाट पठाइएका अगमवक्ताहरूले बताएका थिए। त्‍यस बेला अगमवक्ताहरूले गरेको यो सेवा तिनीहरूको फाइदाको लागि होइन तर तिमीहरूको लागि हो भनेर परमेश्‍वरले ती अगमवक्ताहरूलाई देखाउनुभएको थियो। यी कुरा स्‍वर्गदूतहरू पनि बुझ्‍न चाहन्‍छन्।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तिनीहरूलाई यो प्रकट गरिएको थियो, कि तिनीहरूले आफ्‍ना होइन, तर तिमीहरूका सेवा गरिरहेका थिए। यी कुरा स्‍वर्गबाट पठाइनुभएका पवित्र आत्‍माबाट तिमीहरूलाई प्रचार भएको सुसमाचार सुनाउनेहरूद्वारा अहिले तिमीहरूलाई घोषणा भएको छ। स्‍वर्गदूतहरू पनि यी कुरा हेर्न अति उत्‍सुक छन्‌।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
उनीहरूले आफ्नो होइन, तर तिमीहरूको सेवा गरेको कुरा तिनीहरूलाई प्रकट गराए, जतिखेर तिनीहरूले स्वर्गबाट पठाइनुभएको पवित्र आत्माद्वारा तिमीहरूलाई सुसमाचार प्रचार गर्नेहरूले अहिले तिमीहरूलाई भनेका कुराहरूबारे बताएका थिए। स्वर्गदूतहरूले पनि यी कुराहरू उत्सुकताका साथ हेर्न चाहेका थिए।
Nepali ERV (पवित्र बाइबल)
यो तिनीहरुलाई देखाइयो कि जुन सेवा तिनीहरुले गरे तिनीहरु स्वयंका निम्ति होइन। ती अगमवक्ताहरुले तिमीहरुको सेवा गरिरहेका थिए जब तिनीहरुले यो कुराको विषयमा भने जो अहिले तिमीहरुले सुन्यौ। तिनीहरु जसले तिमीहरुलाई सुसमाचार प्रचार गरे तिमीहरुलाई ती कुराहरु भने। तिनीहरुले तिमीहरुलाई त्यो पवित्र आत्माको सहायताले भनिएका कुराहरु ती कुराहरु हुन जुन स्वर्गदूतहरु पनि जान्न उत्सुक छन्।
Nepali Tamang 2011
अगमवक्तागदेसे थे धुइरी पाङ्बा ताम ह्राङला लागिरी आहिन, तर एनीगदेलान लागिरी पाङ्बा हिन्‍ना भिसी परमेश्‍वरसे थेनीगदेदा घोना लमुबा। चु ताम स्‍वर्गग्‍याम पुइखबा परमेश्‍वरला आत्‍माग्‍याम पाङ्बागदेसे दान्‍दे एनीगदेदा थार्बा पिन्‍बा समाचार थेःना लबा मुला। चु ताम स्‍वर्गदूतगदेसेनोन च्‍याबारी ल्‍हानान सेम लमुला।