1 Peter 1:17 — Compare Translations
5 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
प्रार्थना गर्दा तिमीहरूले परमेश्वरलाई पिता भनी पुकार्छौ। उहाँले सबै मानिसको आ-आफूले गरेको कामअनुसार पक्षपात नगरी न्याय गर्नुहुन्छ। यसैले पृथ्वीमा रहुञ्जेल उहाँको आदर गर्ने तिमीहरूको जीवन होस्।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
पनपक्ष नगरी मानिसको कामअनुसार इन्साफ गर्नुहुनेलाई पिता भनी पुकारा गर्छौ भने, तिमीहरूका प्रवासको सम्पूर्ण समय डरसँग बिताओ।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
किनकि तिमीहरू हरेक मानिसको कामलाई निष्पक्ष न्याय गर्ने पितालाई पुकार्दछौ, तिमीहरू यहाँ आफ्नो जीवन परदेशीझैँ भक्तिपूर्ण भयमा बिताओ;
Nepali ERV (पवित्र बाइबल)
तिमीहरू परमेश्वरलाई प्रार्थना गर्छौ अनि उहाँलाई पिता भनी सम्बोधन गर्छौ। परमेश्वरले मानिसको कार्यलाई पक्षपात बिना जाँच गर्नुहुन्छ। यसर्थ, पृथ्वीमा प्रवासीहरु झैं बाँचिरहेको समयमा परमेश्वरको भय मानेर तिमीहरु बाँच्नु पर्छ।
Nepali Tamang 2011
खालैलान ली च्यासी आहिन, तर म्हिसे लबा गे अन्छार निसाफ लबा परमेश्वरदा एनीगदेसे आबा भिसी प्रार्थना लबासे लमा जम्बुलिङरी परदेशी दोसी चितेधोना एनीगदे परमेश्वर म्राङ्सी लोङ्गो।