1 Peter 1:2 — Compare Translations
5 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
अघिबाटै आफ्नो योजनाअनुसार परमेश्वर पिताले तिमीहरूलाई आफ्नै पवित्र जन हुनलाई छान्नुभएको हो। येशू ख्रीष्टको रगतले पवित्र भएर उहाँकै आज्ञा तिमीहरूले मान्न सक भनी उहाँले तिमीहरूलाई आत्माद्वारा आफ्नो बनाउनुभयो। तिमीहरूमाथि अनुग्रह र शान्ति प्रसस्त होस्।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
येशू ख्रीष्टको आज्ञापालन र उहाँका रगतको छिट्काइको निम्ति पवित्र आत्माद्वारा शुद्ध भई परमेश्वर पिताद्वारा उहाँको पूर्वज्ञानअनुसार चुनिएकाहरूलाई: अनुग्रह र शान्ति प्रशस्त हुँदैजाओस्।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
येशू ख्रीष्टको आज्ञापालन र उहाँको रगतको छिट्काउका निम्ति पवित्र आत्माद्वारा शुद्ध भएर परमेश्वर पिताको पूर्वज्ञानअनुसार छानिएकाहरूप्रति: अनुग्रह र शान्ति प्रचुर मात्रामा होऊन्!
Nepali ERV (पवित्र बाइबल)
परमेश्वरले तिमीहरुलाई पवित्र मानिस बनाउनु भएको थियो। तिमीहरुलाई पवित्र तुल्याउने कार्य आत्माको हो। परमेश्वरको आज्ञाकारी र येशू ख्रीष्टको रगतले अभिषेक गरी शुद्ध पार्न तिमीहरु चुनिएका थियै। परमेश्वरको अनुग्रह तिमीहरुमा अधिक भन्दा अधिक बढेर जावोस्। जिउँदो आशा
Nepali Tamang 2011
परमेश्वर आबासे ङाच्छाहेन्सेन म्हन्बा अन्छार थेला आत्मासे एनीगदेदा ह्राङलान म्हि स्होबारी धम्बा मुला। थेतबासेलमा एनीगदेसे येशू ख्रीष्टसे कुल्बा ताम ङ्यान्गै भिसी एनीगदेदा थेला काग्याम तिगै दोष आरेबा म्हि स्होबा मुला। एनीगदेदेन छ्याम परमेश्वरला दयामायादेन शान्ति ल्हानान तगै।