1 Peter 1:21 — Compare Translations

5 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
उहाँद्वारा तिमीहरूले परमेश्‍वरमा विश्‍वास गर्‍यौ, जसले उहाँलाई मृत्‍युबाट जीवित पार्नुभयो र उहाँलाई महिमा दिनुभयो, यसकारण तिमीहरूको विश्‍वास र आशा परमेश्‍वरमा राख्‍दछौ।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
उहाँद्वारा परमेश्‍वरमाथि तिमीहरूको भरोसा छ, जसले ख्रीष्‍टलाई मृतकबाट जीवित पारेर महिमा दिनुभयो, ताकि तिमीहरूको विश्‍वास र आशा परमेश्‍वरमा रहोस्‌।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
उहाँद्वारा तिमीहरू परमेश्‍वरमाथि विश्‍वास गर्दछौ, जसले उहाँलाई मृतकबाट जीवित पार्नुभयो र उहाँको महिमा गर्नुभयो; यसर्थ तिमीहरूको विश्‍वास र आशा परमेश्‍वरमाथि छ।
Nepali ERV (पवित्र बाइबल)
ख्रीष्टद्वारा तिमीहरु परमेश्वरमाथि विश्वास गर्छौ। परमेश्वरले ख्रीष्टलाई मृत्युबाट बौरी उठाए। तब परमेश्वरले उहाँलाई महिमा दिनु भयो। यसर्थ तिमीहरुको विश्वास अनि आशा परमेश्वरमा छ।
Nepali Tamang 2011
ख्रीष्‍ट येशूग्‍यामसेन एनीगदेसे परमेश्‍वरदा विश्‍वास लबा हिन्‍ना। थेनोन परमेश्‍वरसे ख्रीष्‍ट येशूदा सिबाग्‍याम सोना लसी जम्‍मान भन्‍दा घ्रेन मान पिन्‍जी। थेतबासेलमान एनीगदेसे परमेश्‍वरथोरी विश्‍वासदेन आश लमुला।