1 Peter 1:3 — Compare Translations

5 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
हाम्रा प्रभु येशू ख्रीष्‍टका पिता परमेश्‍वरको प्रशंसा होस्। येशू ख्रीष्‍टलाई मरेकोबाट जिउँदो गराएर ठूलो दयाले उहाँले हामीलाई नयाँजन्‍म दिनुभयो। यसैले हामीले जिउँदो आशा पाएका छौं।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
परमेश्‍वर र हाम्रा प्रभु येशू ख्रीष्‍टका पिता धन्‍यका हुनुहुन्‍छ! उहाँको महान्‌ कृपाले मृतकबाट येशू ख्रीष्‍टको पुनरुत्‍थानद्वारा एउटा जीवित आशाको निम्‍ति हामी नयाँ गरी जन्‍मेका छौं।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
हाम्रा प्रभु येशू ख्रीष्‍टका पिता र परमेश्‍वरलाई स्तुति होस्! उहाँको अपार कृपामा येशू ख्रीष्‍टको मृत्युबाट पुनरुत्थानद्वारा जीवित आशामा हामीलाई नयाँ जन्म दिनुभएको छ।
Nepali ERV (पवित्र बाइबल)
परमेश्वर जो हाम्रा प्रभु येशू ख्रीष्टका पिता हुन उहाँको प्रशंसा होस्। परमेश्वरमा सीमाविहिन कृपा छ र उनको कृपाको कारणले हामीलाई नयाँ जीवन दिइएको छ। यो नयाँ जीवनले मृत्युदेखि येशू ख्रीष्टको पुनरुत्थानद्वारा हामीप्रति सजीव आशा ल्याउँछ।
Nepali Tamang 2011
य्‍हाङला प्रभु येशू ख्रीष्‍टला आबा परमेश्‍वरला जयजयकार तगै। तिग्‍दा भिसम परमेश्‍वरसे येशू ख्रीष्‍टदा सिबाग्‍याम सोना लसी य्‍हाङदा ल्‍हानान दया लबासे लमा य्‍हाङसे छार जुनी याङ्बा मुला। दान्‍दे य्‍हाङदेन छ्‍याम खाइमै आसिबा आश मुला।