1 Peter 1:7 — Compare Translations

5 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
यसको उद्देश्‍य तिमीहरूले गरेको विश्‍वास साँचो छ भनी देखाउनु हो। नाश हुन सक्‍ने सुनलाई पनि आगोमा खारेर शुद्ध पारिन्‍छ भने तिमीहरूको विश्‍वास त शुद्ध सुनभन्दा पनि धेरै दामी छ। यसकारण यो विश्‍वासलाई शुद्ध पार्न जाँचिन्‍छ। यसले गर्दा ख्रीष्‍ट देखा पर्नुहुने दिनमा तिमीहरूको मान, इज्‍जत र प्रशंसा हुन्‍छ।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
आगोबाट खारिने तर नष्‍ट भएर जाने सुनभन्‍दा पनि तिमीहरूको विश्‍वास मूल्‍यवान्‌ छ। तिमीहरूको यो विश्‍वास साँचो प्रमाणित होस्, र येशू ख्रीष्‍ट प्रकट हुनुहुँदा प्रशंसा, महिमा र आदरको योग्‍य बनोस्‌।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
आगोबाट खारिने, तर नष्‍ट भएर जाने सुनभन्दा पनि तिमीहरूको विश्‍वास मूल्यवान् छ। तिमीहरूको यो विश्‍वास साँचो प्रमाणित होस्, र येशू ख्रीष्‍ट प्रकट हुनुहुँदा प्रशंसा, महिमा र आदरको योग्य बनोस्।
Nepali ERV (पवित्र बाइबल)
यी दुख-कष्टहरु किन हुन्छन्? तिमीहरुको विश्वास शुद्ध छ भनी प्रमाण गर्नु। विश्वासको शुद्धतामा सुन भन्दा अधिक मूल्य छ। सुनको शुद्धता अग्निद्वारा प्रमाणित गर्न सकिन्छ, तर सुन नष्ट हुन्छ। जब येशू ख्रीष्ट आउँछन् विश्वासको शुद्धताले तिमीहरुमा प्रशंसा, महिमा अनि सम्मान ल्याउनेछ।
Nepali Tamang 2011
एनीगदेसे चुह्रङ् लसी दुख नाबा चा एनीगदेसे लबा विश्‍वास सत्‍य हिन्‍ना भिसी उन्‍बाला लागिरी हिन्‍ना। नाश तसी निबा म्‍हरदा मी म्‍हर हिन्‍ना कि आहिन भिसी था याङ्बाला लागिरी मेरी ख्राङ्मुला भिसम एनीगदेला विश्‍वास मी थे म्‍हर भन्‍दा घ्रेन हिन्‍ना। थेह्रङ्बा विश्‍वाससे लमा येशू ख्रीष्‍ट दोःसी फेप्‍खमा एनीगदे उदेक तला। जमा धुइरी एनीगदेसे थेदेन छ्‌यामनोन मानदेन इज्‍जत याङ्ला, ओच्‍छे एनीगदेदा ज्‍यबा म्‍हि भिसी पाङ्ला।