1 Peter 1:8 — Compare Translations

5 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
तिमीहरूले उहाँलाई नदेखेका भए पनि प्रेम गर्छौ र अहिले नदेखे पनि उहाँलाई विश्‍वास गर्छौ। अनि बयान नै गरी नसक्‍ने ठूलो महिमित आनन्‍दले तिमीहरूको हृदय भरिएको छ
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तिमीहरूले नदेखे तापनि उहाँलाई प्रेम गर्छौ। उहाँलाई तिमीहरू अहिले देख्‍दैनौ, तापनि उहाँमाथि विश्‍वास गर्छौ र अवर्णनीय र गौरवमय आनन्‍दमा रमाउँछौ।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
यद्यपि तिमीहरूले उहाँलाई देखेका छैनौ, तर पनि तिमीहरू उहाँलाई प्रेम गर्दछौ; र तिमीहरू अहिले उहाँलाई देख्दैनौ, तापनि तिमीहरू उहाँमाथि विश्‍वास गर्दछौ; अनि तिमीहरू अवर्णनीय र महिमित आनन्दले भरिएका छौ;
Nepali ERV (पवित्र बाइबल)
तिमीहरुले ख्रीष्टलाई देखेका छैनौ तर पनि तिमीहरु उहाँलाई प्रेम गर्छौ। तिमीहरुले अहिले उहाँलाई देख्न सक्तैनौ तर तिमीहरु उहाँमाथि विश्वास गर्छौ। तिमीहरु अकथनीय अनि गौरवमय आन्नदले परिपूर्ण छौ।
Nepali Tamang 2011
एनीगदेसे येशू ख्रीष्‍टदा आम्राङ्सैनोन माया लबा मुला। दान्‍दे एनीगदेसे थेदा आम्राङ्सैनोन विश्‍वास लबा मुला। ओच्‍छे एनीगदे गाते ताङ्ला भिबा तामदेन एनीगदेसे परमेश्‍वरदा गाते मानदेन जयजयकार लला भिबा ताम खालैसेन पाङ्‌बारी आखम।