1 Peter 2:11 — Compare Translations

5 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
प्रियहरू, यस संसारमा तिमीहरू विदेशी र प्रवासीजस्‍तै छौ। तिमीहरूलाई बिन्‍ती गर्दछु, शरीरका चाहनाहरू पूरा गर्नतिर नलाग। यस्‍ता चाहनाहरू आत्‍माको विरोधमा सधैँ लड्छन्।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
प्रिय हो, म तिमीहरूलाई आग्रहपूर्वक बिन्‍ती गर्दछु, कि विदेशी र प्रवासीहरू हौ भनी जानेर तिमीहरूका आत्‍माको विरुद्धमा लड़ाइँ गर्ने शारीरिक अभिलाषाहरूबाट अलग रहो।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
हे प्रिय मित्रहरू हो, तिमीहरू संसारमा विदेशी र प्रवासीझैँ छौ। म निवेदन गर्दछु, कि तिमीहरूका पापमय इच्छादेखि अलग बस, जसले तिमीहरूको प्राणका विरुद्ध लडाइँ गर्छ।
Nepali ERV (पवित्र बाइबल)
प्रिय मित्रहरु, तिमीहरु यो संसारमा प्रवासी अनि परदेशीहरु हौ। यसर्थ तिमीहरुलाई तिम्रा शरीरले चाहेको नराम्रा कर्महरुदेखि टाढा रहुन् भनी म निवेदन गर्छु। यी कुराहरु तिमीहरुका आत्माको विरुद्ध जुझ्छन्।
Nepali Tamang 2011
ङाला सेम निबा ह्रोगदे, एनीगदे चु जम्‍बुलिङला लागिरी विदेशीदेन परदेशी हिन्‍ना। थेतबासेलमा एनीगदेदा न्‍होङ्ना लबारी, सेमसे लबारी म्‍हाइबा आज्‍यबा गेगदे थालउ भिबा ङाला बिन्‍ती मुला।