1 Peter 2:16 — Compare Translations

5 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
स्‍वतन्‍त्र मानिसझैँ बस, तर स्‍वतन्‍त्र छु भनेर नराम्रो कामचाहिँ नगर। बरु परमेश्‍वरको कमारो बन।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
स्‍वतन्‍त्र मानिसहरूझैँ जीवन बिताओ। स्‍वतन्‍त्रतालाई कुकर्म गर्ने बहाना नबनाओ, तर परमेश्‍वरका दासहरूझैँ भएर चल।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तिमीहरू स्वतन्त्र मानिसहरू भए तापनि तिमीहरू परमेश्‍वरका सेवकहरू हौ। त्यसैकारणले आफ्नो स्वतन्त्रतालाई दुष्‍टता छोप्ने आवरणको रूपमा प्रयोग नगर।
Nepali ERV (पवित्र बाइबल)
मुक्त मानिसहरु जस्तै होऊ। तर तिमीहरुको स्वतन्त्रता कुकर्मकोलागि उपयोग नगर। परमेश्वरको सेवा गर्दै गरे झैं बाँच।
Nepali Tamang 2011
थेतबासेलमा एनीगदे खालैला नोकर तबा ह्रङ् लसी थाभ्रउ, तिग्‍दा भिसम परमेश्‍वरसे एनीगदेदा थार्ना लबा मुला। तर परमेश्‍वरसे थार्ना लजी भिदेमा आज्‍यबा गे चा थालउ। बरु परमेश्‍वरदा तेन्‍बा म्‍हिगदे ह्रङ् तसी भ्रउ।