1 Peter 2:18 — Compare Translations
5 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
नोकर-चाकरहरू आफ्ना मालिकहरूका अधीनमा बस र उनीहरूका आदर गर। राम्रो माया गर्ने मालिकलाई मात्र होइन, छुच्चो मालिकलाई पनि मान गर।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
कमारा हो, सम्पूर्ण आदरपूर्वक आफ्ना मालिकहरूका अधीनमा बस। तिमीहरूमाथि दयालु र भला हुनेहरूका अधीनमा मात्र होइन, तर निर्दयीहरूका अधीनमा पनि।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
हे दासहरू हो, पूर्ण आदरसाथ आफ्ना मालिकहरूको अधीनमा बस; असल र समझदार मालिकहरूको मात्र होइन, तर कठोर मालिकहरूको पनि अधीनमा बस।
Nepali ERV (पवित्र बाइबल)
दासहरु हो! तिमीहरुको मालिकको अधीन स्वीकार गर। पूर्ण सम्मान साथ यसो गर। तिमीहरुले मालिकहरुको आज्ञा पालन गर्नुपर्छ जो असल अनि दयालु छन्। अनि मालिक नराम्रो भए पनि उसको आज्ञा पालन गर्नु पर्छ।
Nepali Tamang 2011
नोकरगदे, एनीगदेसे ह्राङ ह्राङला मालिकगदेदा मान लसी थेनीगदेला तहरी चिउ। एनीगदेदा दया लबा मालिकगदेदा जे आहिन, तर दया आरेबा मालिकगदेदाएनोन मान लउ।