1 Peter 2:23 — Compare Translations

5 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
कसैले उहाँको अपमान गर्दा पनि उहाँले जवाफ फर्काउनुभएन। दु:ख भोग्‍नुहुँदा पनि उहाँले धम्‍की दिनुभएन तर उहाँ ठीकसँग न्‍याय गर्नुहुने परमेश्‍वरमा नै भर पर्नुभयो।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तिनीहरूले उहाँलाई अपमान गर्दा उहाँले साटो फेर्नुभएन। दुःख भोग्‍नुहुँदा उहाँले धम्‍की दिनुभएन। तर उचित न्‍याय गर्नुहुनेमाथि उहाँले भरोसा राख्‍नुभयो।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तिनीहरूले उहाँमाथि अपमान गर्दा, उहाँले बदला लिनुभएन। उहाँले दुःख भोग्नुहुँदा, धम्काउनुभएन। यसको सट्टामा उचित न्याय गर्नुहुने परमेश्‍वरकहाँ आफूलाई सुम्पनुभयो।
Nepali ERV (पवित्र बाइबल)
मानिसहरुले ख्रीष्ट प्रति नराम्रा कुराहरु भने, तर उहाँले तिनीहरुलाई नराम्रो भन्नु भएन। ख्रीष्टले यातना भोग्नु भयो तर उहाँले मानिसहरुलाई भय देखाउनु भएन। अहँ! ख्रीष्टले आफूलाई परमेश्वरमा सुम्पनु भयो जसले सही न्याय गर्नुहुन्छ।
Nepali Tamang 2011
म्‍हिगदेसे जस्‍तोन हेला लसैनोन ख्रीष्‍टसे थेनीगदेदा हेला आलनी। ओच्‍छे जस्‍तोन दुख पिन्‍सैनोन थेसे खालैदा तिगै आलनी। तर थेसे खालैला ली आच्‍याना ठीक निसाफ लबा परमेश्‍वरथोरी भर लजी।