1 Peter 2:24 — Compare Translations

5 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
ख्रीष्‍टले हाम्रो पाप आफ्‍नो शरीरमा बोकेर काठको क्रूसमा झुण्‍डिनुभयो। त्‍यसो हुँदा हामी पनि पापको लागि मर्‍यौं अनि परमेश्‍वरलाई मन पर्ने असल कामको निम्‍ति बाँच्‍यौं। उहाँका चोटहरूमा तिमीहरू निको भयौ।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
हामी पापका लेखि मरेर धार्मिकताको लेखि जिऔं भनी उहाँले क्रूसमा आफ्‍नै शरीरमा हाम्रा पाप बोक्‍नुभयो। उहाँकै चोटहरूद्वारा तिमीहरू निको भयौ।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
यसरी हामी पापको निम्ति मरौँ र धार्मिकताको निम्ति जिऔँ भनेर “उहाँले क्रूसमा आफ्नै शरीरमा हाम्रा पाप बोक्नुभयो;” अनि “उहाँको चोटद्वारा तिमीहरू निको भयौ।”
Nepali ERV (पवित्र बाइबल)
ख्रीष्टले हाम्रा पापहरु आफ्नो शरीरमा क्रूसमा बोक्नु भयो। उहाँले यसो गर्नुभयो ताकि हामी पापको निम्ति मरे र र्धमिकताको कककनिम्ति अनि जे उचित छ त्यसका निम्ति बाँच्ने गरौं। उहाँको चोटहरुले तिमीहरु निको पारियौ।
Nepali Tamang 2011
य्‍हाङसे पाप लबा ख्‍लासी परमेश्‍वरदा सेम निबा म्‍हि दोगै भिसी ख्रीष्‍टसे य्‍हाङला जम्‍मान पाप ह्राङलान ल्‍हुइरी पुइसी क्रुसरी टाँगब लजी। थेनोन ख्रीष्‍टला घाउगदेग्‍याम एनीगदे खम्‍बा मुला।