1 Peter 2:8 — Compare Translations
5 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
धर्मशास्त्रले भन्छ, “यही नै मानिसहरूलाई ठेस लाग्ने ढुङ्गा हो। यही पत्थरले गर्दा धेरै जना लड्नेछन्। परमेश्वरको वचन तिनीहरूले विश्वास नगरेकाले ठेस खानेछन्। तिनीहरूको निम्ति यस्तै तोकिएको थियो।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
र, “एउटा ढुङ्गो, जसले मानिसहरूलाई ठेस खान लगाउँछ, एउटा चट्टान, जसले तिनीहरूलाई लोट्न लगाउँछ।” किनकि तिनीहरू वचन उल्लङ्घन गर्छन् र लोट्छन्। तिनीहरूका निम्ति यस्तै हुन तोकिएको थियो।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
र, “यस्तो ढुङ्गो, जसले मानिसहरूलाई ठेस खान लगाउँछ; अनि यस्तो चट्टान, जसले तिनीहरूलाई लडाउँछ।” तिनीहरू लड्छन्; किनकि उनीहरू सन्देशको उल्लङ्घन गर्छन्, यसैको निम्ति नै उनीहरू नियुक्त भएका थिए।
Nepali ERV (पवित्र बाइबल)
जसले विश्वास गर्दैनन् तिनीहरुको निम्ति उहाँ हुनुहुन्छ् “एक ढुङ्गा जसले मानिसहरुलाई ठेस लगाउँछ, एक ढुङ्गा जसले मानिसहरुलाई लडाउँछ।” यशैया 8:14 मानिसहरुलाई ठेस लाग्छ किनभने तिनीहरु परमेश्वरले भनेका कुरा पालन गर्दैनन्। यो परमेश्वरको योजना अनुसार हुन्छ।
Nepali Tamang 2011
ओच्छे “म्हिगदेदा तोइबा युङबा चुनोन हिन्ना। ल्हानान म्हिगदे तोइसी पाप्ला।” परमेश्वरसे कुल्बा तामरी विश्वास आलबासे लमान थेनीगदे पाप्ला। थेनीगदे चुह्रङ् तबा चा परमेश्वरसे म्हन्बा अन्छारनोन हिन्ना।