1 Peter 2:9 — Compare Translations

5 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
तर तिमीहरू त छानिएका जन, राजकीय पूजाहारी, पवित्र जाति, तिमीहरूलाई अन्‍धकारबाट अचम्‍मको उज्‍यालोमा ल्‍याउनुहुने परमेश्‍वरका आफ्‍नै प्रजा हौ। उहाँले तिमीहरूलाई उहाँको उदेकका कामहरू प्रचार गर्न छान्‍नुभएको हो।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तर तिमीहरू त चुनिएका वंश, राजकीय पूजाहारीगिरी, पवित्र जाति, परमेश्‍वरका निजी प्रजा हौ। उहाँले तिमीहरूलाई अन्‍धकारदेखि उहाँका उदेकको ज्‍योतिमा ल्‍याउनुभयो, ताकि तिमीहरू उहाँका आश्‍चर्यपूर्ण कार्यहरूको घोषणा गर्न सक।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तर तिमीहरू चुनिएका मानिसहरू हौ, राजकीय पुजारीगिरी, पवित्र जाति, परमेश्‍वरको विशेष सम्पत्ति र तिमीहरूले उहाँलाई अर्थात् तिमीहरूलाई अन्धकारबाट आफ्नो अद्‌भुत ज्योतिमा बोलाउनुहुनेको प्रशंसाको घोषणा गर्न सक।
Nepali ERV (पवित्र बाइबल)
तर तिमीहरु चुनिएका मानिसहरु हौ। तिमीहरु राजाका पूजाहारीहरु हौ। तिमीहरु मानिसहरुका पवित्र जाति हौ। तिमीहरु ती मानिसहरु हौ जो परमेश्वरका हुन्। परमेश्वरले गरेका आश्चर्यजनक कुराहरुको विषयमा भन्न तिमीहरु चुनिएका हौ। उहाँले तिमीहरुलाई अन्धकारेखि बाहिर उहाँको आश्चर्यमय प्रकाशमा बोलाउनु भयो।
Nepali Tamang 2011
तर एनीगदेदा धोपधोपग्‍याम ह्राङला उदेकला य्‍हालरी भबा परमेश्‍वरसे थेला उदेकला गे स्‍य्‍हान्‍दो म्‍हिगदेदा पाङ्‌बाला लागिरी एनीगदेदा थेसे धम्‍बा म्‍हि, जम्‍मानथोरी शासन लबा परमेश्‍वरला मन्‍दिररी पूजा लबा म्‍हि, ओच्‍छे परमेश्‍वरला लागिरी जे फेसी थान्‍बा य्‍हुलदेन ह्राङलान सन्‍तान स्‍होजी।