1 Peter 3:14 — Compare Translations
5 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
राम्रो काम गर्दा पनि दु:ख भोग्नुपर्यो भने तिमीहरू कति धन्यका हौ। कसैसँग नडराओ र चिन्ता नगर।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तर धार्मिकताको खातिर दुःख भोग्नैपरे तापनि तिमीहरू धन्यका हौ। तिनीहरूका धम्कीको डर नमान, र भयभीत नहोओ।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तर उचित कुराको लागि तिमीहरूले दुःख भोग्नुपर्ने भए तापनि तिमीहरू धन्यका हौ। “तिनीहरूका धम्कीदेखि नडराओ, न त भयभीत होओ!”
Nepali ERV (पवित्र बाइबल)
तर, धर्म गर्दा तिमीहरुले दुखको सामना गर्न सक्छौ। यदि तिमीहरुलाई त्यस्तो भए तिमीहरु धन्य हुनेछौ। “तिमीहरुलाई कष्ट दिने मानिसहरुसित भयभीत नहौऊ; चिन्तामा नपर।”
Nepali Tamang 2011
तर ज्यबा गे लमाएनोन दुख नातोःजी भिसम परमेश्वरग्याम एनीगदेसे मोलम याङ्ला। थेतबासेलमा एनीगदे खालै म्राङ्सी लोङ्आतोः, ओच्छे सुर्दाएनोन लआतोः।