1 Peter 3:16 — Compare Translations
5 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
तर यसरी बताउँदा नम्र भएर आदरसाथ बोल्ने गर। आफ्नो विवेक सफा राख। त्यसो हुँदा तिमीहरूले ख्रीष्टलाई पछ्याउँदा गरेका असल चालचलनलाई देखेर तिमीहरूको बदनाम गर्नेहरूचाहिँ आफैं लाजमा पर्नेछन्।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तिमीहरूका विवेक शुद्ध राख, ताकि तिमीहरूको विरोधमा बोल्ने र ख्रीष्टमा तिमीहरूका चालचलनको निन्दा गर्नेहरू लज्जित होऊन्।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तिमीहरूमा सफा विवेक कायम राख; यसरी ख्रीष्टमा तिमीहरूका असल व्यवहारको विरुद्ध द्वेषपूर्ण रूपले बोल्नेहरू आफूले गरेको निन्दाबाट लजाऊन्।
Nepali ERV (पवित्र बाइबल)
तर ती मानिसहरुलाई आदर सहित नम्र प्रकारले उत्तर देऊ। यो अनुभव गर्न समर्थ बन कि तिमीहरुले सही कार्य गरिरहेका छौ। जब तिमीहरु यस्तो प्रकारले काम गर्छौ ख्रीष्टमा तिमीहरुको चरित्रको विषयमा निन्दा गर्नेहरु लज्जित हुनेछन्।
Nepali Tamang 2011
तर थेनीगदेदा पाङ्बा धुइरी सोजो तसी थेनीगदेदा मान लसी पाङ्गो। ओच्छे एनीगदेला सेमदा सदन चोखो थान्गो। थेह्रङ् लजी भिसम एनीगदेसे ख्रीष्टदा विश्वास लबासे लमा याङ्बा ज्यबा बानीबेहोर म्राङ्सी एनीगदेदा बिरोध लसी हेला लबागदे ह्राङनोन पेःला।