1 Peter 3:18 — Compare Translations
5 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
किनभने ख्रीष्ट सधैँभरि पुग्ने गरी पापका लागि मरिदिनुभयो। तिमीहरूलाई परमेश्वरकहाँ पुर्याउन पापबिनाको भएर पनि पापीका लागि मरिदिनुभयो। उहाँ मानिसको शरीरमा हुँदा मारिनुभयो, तर आत्माको शक्तिले जिउँदो हुनुभयो।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
किनभने हामीलाई परमेश्वरकहाँ ल्याउन ख्रीष्ट पनि पापहरूका निम्ति सदाको लागि एक चोटि मर्नुभयो। उहाँ शरीरमा मारिनुभयो— धर्मी जन अधर्मीहरूका निम्ति— तर आत्माद्वारा जीवित पारिनुभयो।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
किनकि अधर्मीहरूलाई परमेश्वरकहाँ ल्याउन ख्रीष्ट, जो धर्मी हुनुहुन्छ, उहाँले हाम्रा पापका निम्ति दुःख भोग्नुभयो; उहाँ शरीरमा मारिनुभयो, तर आत्मामा जीवित पारिनुभयो।
Nepali ERV (पवित्र बाइबल)
तिमीहरुको निम्ति ख्रीष्टले सधैंको निम्ति जीवन वलिदान दिनुभयो। उहाँ दोषी हुनु हुन्न थियो, तर उहाँ तिनीहरुको निम्ति मर्नु भयो जो दोषी थिए। तिमीहरु सबैलाई परमेश्वरकहाँ ल्याउनु उहाँले यसो गर्नु भयो। उहाँ शरीरमा मर्नुभयो, तर उहाँलाई आत्मामा जीवित तुल्याइयो।
Nepali Tamang 2011
तिग्दा भिसम य्हाङला पापला लागिरी ख्रीष्ट तिरेम सदनना लागिरी दुख नासी सिजी। थेसे खाइमै पाप आलनी, तर पापीगदेदा परमेश्वर मुबा ग्लारी भोर्बारी सिजी। थे ल्हुइरी सिसी निसै थेदा परमेश्वरसे आत्मारी सोना लजी।