1 Peter 3:20 — Compare Translations

5 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
यी आत्‍माहरूचाहिँ नोआले जहाज बनाएका बेलामा पापबाट फर्किन्‍छन् कि भनेर परमेश्‍वरले बाटो हेर्नुभएका आत्‍माहरू थिए। तर तिनीहरूले परमेश्‍वरलाई टेरेनन्। जहाजभित्र हुने थोरै मानिस, जम्‍मा आठ जना मात्र पानीबाट बाँचेका थिए।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
ती आत्‍माहरूले प्राचीनकालमा आज्ञापालन गरेनन्, जब नोआको समयमा जहाज बनाउँदा परमेश्‍वरले धैर्य धारण गरी पर्खिनुभएको थियो। त्‍यस जहाजमा थोरै, अर्थात्‌ आठ जना मात्र पानीद्वारा बचाइए।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
जसले प्राचीन समयमा आज्ञा उल्‍लङ्घन गरेका थिए, जुन बेला नोआको समयमा जहाज बनिँदै गर्दा परमेश्‍वरले धैर्यसाथ पर्खनुभएको थियो। जुन जहाजमा केही मानिसहरू अर्थात् जम्मा आठ जना मानिसहरू पानीबाट बाँचेका थिए;
Nepali ERV (पवित्र बाइबल)
ती आत्माहरु तिनीहरु हुन् जसले नूहको समयमा परमेश्वरको आज्ञा पालन गर्न अस्वीकार गरेका थिए। परमेश्वरले तिनीहरुलाई धैर्यसित प्रतिक्षा गरिरहनु भएको थियो जुन बेला नूहले जहाज बनाइरहेका थिए। केवल जम्मा आठजना त्यस जहाजमा बाँचेका थिए। ती मानिसहरुलाई पानीले बचाएको थियो।
Nepali Tamang 2011
थे आत्‍मागदे चा ओन्‍मा नोआ भिबा म्‍हिसे पानी जहाज स्‍होबा धुइरी ह्राङ ह्राङला पाप ख्‍लासी ह्राङ मुबा ग्‍लारी खला वा भिसी परमेश्‍वरसे भ्रान्‍सी चिबा म्‍हिगदे मुबा। तर थेनीगदेसे परमेश्‍वरसे कुल्‍बा ताम आङ्‌यान्‍नी। थेतबासेलमा पानी जहाजरी मुबा म्‍हि भ्रे जे नामदेन भालग्‍याम जोगब तजी।