1 Peter 3:21 — Compare Translations
5 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
यसले पानीको बप्तिस्मालाई सङ्केत गर्छ, जसले तिमीहरूलाई बचाउँछ। यो शरीरको मैला पखालेजस्तो होइन तर यो सफा विवेकले परमेश्वरप्रति गरिएको प्रतिज्ञा हो। येशू ख्रीष्ट मरेकोबाट बिउँतनुभएकाले बप्तिस्माले तिमीहरूलाई बचाउँछ।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
यही पानी बप्तिस्माको एउटा रूप हो, जसले तिमीहरूलाई बचाउँछ। यो शरीरको मैला हटाएजस्तो होइन, तर शुद्ध विवेकको निम्ति परमेश्वरतर्फको एउटा प्रतिज्ञा हो। यसले मृतकबाट भएको येशू ख्रीष्टको पुनरुत्थानद्वारा तिमीहरूलाई बचाउँदछ।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
अनि यो पानीले बप्तिस्मालाई सङ्केत गर्दछ, जसले तिमीहरूलाई पनि अहिले बचाएको छ; यसले शरीरबाट मैलो निकाल्ने होइन, तर यो परमेश्वरप्रतिको स्पष्ट विवेकको प्रतिज्ञा हो। यसले तिमीहरूलाई येशू ख्रीष्टको पुनरुत्थानद्वारा बचाउँदछ;
Nepali ERV (पवित्र बाइबल)
त्यो पानी बप्तिस्मा जस्तै थियो जसले आहिले तिमीहरुलाई बचाउँछ। बप्तिस्मा शरीरको मैला धुने होइन। बप्तिस्मामा हामी परमेश्वरसित पवित्र ह्रदयको निम्ति याचना गरिरहेकाछौं। यसले तिमीहरुलाई बचाउँछ किनभने येशू ख्रीष्टलाई मृत्युबाट उठाइएको थियो।
Nepali Tamang 2011
थे नामदेन भाल चा बप्तिस्माला चिनु हिन्ना। चु बप्तिस्मा चा ल्हुइला खिदि भ्याङ्बारी नुहाब लबा ह्रङ्बा आहिन, तर य्हाङला सेम चोखो स्होबाला लागिरी परमेश्वरसे य्हाङदेन छ्याम लबा कबुल हिन्ना। येशू ख्रीष्ट सिबाग्याम सोबासे लमा बप्तिस्मा चा एनीगदे थार्बाला चिनु हिन्ना।