1 Peter 3:4 — Compare Translations

5 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
तर तिमीहरूको सुन्‍दरता भित्री मनको होस्, जो कहिल्‍यै ओइलाएर नजाने नम्र र शान्‍त आत्‍माको सुन्‍दरता हो र योचाहिँ परमेश्‍वरको सामु धेरै मोलको छ।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तिमीहरूका भित्री हृदयलाई भलो र शान्‍त आत्‍माको अविनाशी रत्‍नले सजाओ, जो परमेश्‍वरको दृष्‍टिमा साह्रै मूल्‍यवान्‌ छ।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तर तिमीहरूको आन्तरिक व्यक्तित्वमा नम्र र शान्त आत्माको अविनाशी सौन्दर्य होस्, जो परमेश्‍वरको दृष्‍टिमा अति मूल्यवान् छ।
Nepali ERV (पवित्र बाइबल)
अहँ, तिमीहरुको सुन्दरता तिमीहरुको भित्रबाट आउनु पर्छ। त्यो नम्र अनि शान्त आत्माको सुन्दरता हो। त्यो सुन्दरता कहिले पनि धमिलिँदैन। यो परमेश्वर अघि अत्यन्तै मूल्यवान हो।
Nepali Tamang 2011
बरु एनीगदेला सेमरी चा खाइमै नाश आतबा ज्‍यबा शीलस्‍वभाव थोबादेन सोजो तसी चिउ। चु चा परमेश्‍वरला ङाच्‍छा ल्‍हानान ज्‍यबा ताम हिन्‍ना।