1 Peter 3:6 — Compare Translations

5 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
सारा त्‍यस्‍तै थिइन्। उनी अब्राहामले भनेका मान्‍थिन्, उनलाई मेरा ‘मालिक’ भन्‍थिन्। कुनै कुराको डर नमानी राम्रो गर्‍यौ भने तिमीहरू साराकै छोरीहरू हौ।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
साराले जस्‍तै, जसले अब्राहामलाई स्‍वामी भनेर तिनको आज्ञापालन गर्थिन्, यदि तिमीहरूले उचित काम गर्‍यौ र कुनै कुरामा भयभीत भएनौ भने तिमीहरू उनकै छोरीहरू ठहरिनेछौ।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
साराजस्तै, जसले अब्राहामको आज्ञापालन गर्थिन् र तिनलाई आफ्नो “मालिक” भन्थिन्। यदि तिमीहरू असल काम गर्छौ र डराउँदैनौ भने तिमीहरू यिनैका छोरीहरू हौ।
Nepali ERV (पवित्र बाइबल)
म ‘सारा’ जस्ती स्त्रीहरुको विषयमा बात गरिरहेछु। तिनले आफ्ना पति अब्राहामको आज्ञा पालन गरिन्। अनि तिनलाई आफ्ना मालिक मानिन्। अनि तिमी स्त्रीहरु ‘सारा’-का साँचो सन्तानहरु हौ, यदि तिमीहरुले सुकर्म गरेकी छौ अनि भयभीत भएकी छैनौ भने।
Nepali Tamang 2011
सारासे खाह्रङ् लसी ह्राङला ह्रेम्‍बो अब्राहामदा मालिक भिसी थेसे कुल्‍बा ताम ङ्‌यान्‍मुबा। थेह्रङ् लसीन एनीगदेसे ह्राङला ह्रेम्‍बो म्राङ्सी आलोङ्ना ज्‍यबा लजी भिसम एनीगदे सारालान झामेगदे दोला।