1 Peter 3:7 — Compare Translations

5 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
लोग्‍नेहरूले पनि आफ्‍ना स्‍वास्‍नीहरू कमजोर हुन्‍छन् भन्‍ने बिर्सनुहुँदैन। तिमीहरूले उनीहरूको इज्‍जत राख्‍नुपर्छ किनभने तिनीहरूले पनि तिमीहरूको साथसाथै परमेश्‍वरको जीवनदान पाउनेछन्। यसरी तिमीहरूको प्रार्थनामा कुनै किसिमको बाधा नआओस् भनेर एकले अर्कासँग राम्रो व्‍यवहार गर्ने गर।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
पति हो, त्‍यसै गरी आफ्‍ना पत्‍नीसँग विचारशील भएर बस, र स्‍त्रीलाई अबला ठानी आदर गर्ने गर, किनकि तिमीहरू जीवनका अनुग्रहका साझेहकदार हौ, यस हेतुले कि तिमीहरूका प्रार्थनामा बाधा नपरोस्‌।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
त्यसै गरी हे पतिहरू हो, आफ्ना पत्नीहरूलाई कमजोर पात्र र तिमीसँगै जीवनका अनुग्रहका साझा उत्तराधिकारी सम्झी उनीहरूलाई आदर गर्दै बुद्धिमानीसाथ उनीहरूसँग बस, र तिमीहरूको प्रार्थना नरोकियोस्।
Nepali ERV (पवित्र बाइबल)
त्यसरी नै तिमी पतिहरु आफ्ना पत्नीहरुसित समझदारीको भावमा बस्नु पर्छ। तिमीहरुले आफ्ना पत्नीहरु प्रति आदर जनाउनु पर्छ। तिनीहरु तिमीहरुभन्दा कमजोर छन्। तर परमेश्वरले तिमीहरुका पत्नीहरुलाई त्यस्तै आशीर्वाद दिनु हुन्छ जस्तो तिमीहरुलाई दिनुहुन्छ। आशीर्वाद अनुग्रह हो जसले सत्य जीवन प्रदान गर्छ। यी कर्महरु गर जसद्वारा कसैले पनि तिमीहरुको प्रार्थनालाई बाधा पुर्याउन सक्तैन।
Nepali Tamang 2011
थेह्रङ् लसीन ह्रेम्‍बोसेनोन जम्‍मान म्‍हि साप्राला ताङ ह्रङ्‌बान कमजोर मुला भिबा ताम घोउ। थेतबासेलमा ह्राङला म्रिङदा ह्राङ भन्‍दा कमजोर म्‍हन्‍सी मान लउ। तिग्‍दा भिसम परमेश्‍वरला दयामायाग्‍याम याङ्बा जुनीरी थेनी गिकनोन हिन्‍ना। थेतबासेलमा प्रार्थना लमा तिगै तामसे रोकब थालगै भिसी गिकसेम गिकदा ज्‍यबा व्‍यवहार लउ।