1 Peter 3:9 — Compare Translations

5 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
कसैले नराम्रो गर्‍यो भने त्‍यसलाई नराम्रो नगर, सराप दिँदा पनि नसराप। तर त्‍यसको साटो आशिष् देओ किनभने परमेश्‍वरले तिमीहरूलाई बोलाउनुहुँदा पनि आशिष् दिन बोलाउनुभएको थियो।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
खराबीको बदला खराबी नगर्ने अथवा अपमानको बदला अपमान नगर्ने, बरु त्‍यसको सट्टामा आशिष्‌ दिने होओ, किनकि यसैको लागि तिमीहरू बोलाइएका छौ, कि तिमीहरूले आशिष्‌ प्राप्‍त गर्न सक।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
दुष्‍टताको सट्टा दुष्‍टता नगर, अथवा अपमानको सट्टा अपमान, तर आशीर्वाद देओ; किनकि आशिष्‌को हकदार हुनलाई तिमीहरू यसैको निम्ति बोलाइएका हौ।
Nepali ERV (पवित्र बाइबल)
मानिसहरुले तिमीहरुलाई नराम्रो गरे तिमीहरुले प्रतिशोधमा नराम्रो कर्म नगर। यदि कसैले तिमीहरुलाई अपमान गरे प्रतिशोधमा उसलाई कुबचन नभन। तर त्यस व्यक्तिलाई आशीर्वाद देऊ भनी परमेश्वरसित प्रार्थना गर, किनभने तिमीहरुलाई आशीर्वाद प्राप्त गर्न आह्वान गरिएको हो।
Nepali Tamang 2011
खालैसे आज्‍यबा लसैनोन एनीगदेसे थेनीगदेदा आज्‍यबा थालउ। ओच्‍छे केःबागदेदा एनीगदेसे थाकेःगो। बरु थेनीगदेदा मोलम पिन्‍गो। तिग्‍दा भिसम एनीगदेसे मोलम याङ्‌गै भिसी परमेश्‍वरसे एनीगदेदा ङ्‌योइबा हिन्‍ना।