1 Peter 4:10 — Compare Translations

5 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
परमेश्‍वरको अनुग्रहमा हरेकले किसिम-किसिमका वरदानको जिम्‍मा पाएका छन्। आफूले पाएको विशेष वरदान अरूको भलाइको लागि चलाओ।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
जसले जस्‍तो वरदान पाएको छ, परमेश्‍वरका अनुग्रहका विभिन्‍न वरदान पाएका भण्‍डारेझैँ ती एक-अर्काको निम्‍ति प्रयोग गर।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
हरेकले जस्तो आत्मिक वरदान पाएको छ, परमेश्‍वरका अनुग्रहको विभिन्‍न वरदान पाएका असल सेवकझैँ ती एक-अर्काको निम्ति प्रयोग गर।
Nepali ERV (पवित्र बाइबल)
तिमीहरु प्रत्येकले परमेश्वरबाट आत्मिक उपहार प्राप्त गरेका छौ। विभिन्न तरिकामा तिमीहरुलाई परमेश्वरले आफ्नो अनुग्रह देखाउनु भएको छ। अनि तिमीहरूले सेवकहरु जस्तै दायित्व बहन गरेका छौ, यसर्थ परमेश्वरको उपहारको सदुपयोग गर।
Nepali Tamang 2011
एनीगदेसे परमेश्‍वरला दयामायाग्‍याम थरी थरीला मोलमगदे याङ्बा मुला। एनीगदेसे थे मोलम अन्‍छार गिकसेम गिकला लागिरी गे लउ।