1 Peter 4:11 — Compare Translations
5 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
बोल्ने वरदान पाउनेले परमेश्वरको वचन बोलोस्, सेवा गर्नेले परमेश्वरको शक्तिले सेवा गरोस्। त्यसरी येशू ख्रीष्टमा सबै कुराबाट परमेश्वरकै महिमा होस्। सधैँभरि उहाँकै शक्ति र महिमा होस्! आमेन।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
यदि कसैले बोल्दछ भने, परमेश्वरको वचन बोलेजस्तै त्यसले बोलोस्। यदि कसैले सेवा गर्छ भने परमेश्वरले दिनुभएको शक्तिद्वारा त्यसले त्यो गरोस्, यस हेतुले कि सबै कुरामा येशू ख्रीष्टद्वारा परमेश्वरलाई नै प्रशंसा होस्। उहाँलाई नै महिमा र पराक्रम सदासर्वदा होस्। आमेन।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
यदि कसैले बोल्छ भने परमेश्वरकै शब्दमा बोलोस्; यदि कसैले सेवा गर्छ भने परमेश्वरले दिनुहुने बलद्वारा सेवा गरोस्। यसरी सबै कुरामा येशू ख्रीष्टद्वारा परमेश्वरको प्रशंसा होस्। उहाँलाई सदासर्वदा महिमा र शक्ति होस्! आमेन।
Nepali ERV (पवित्र बाइबल)
मनिस जो बोल्छ उसले परमेश्वरको बचन बोल्नुपर्छ। मानिस जसले सेवा गर्छ उसले त्यो शक्तिद्वारा सेवा गर्नु पर्छ जो परमेश्वरले दिनु भएकोछ। तिमीहरुले त्यस प्रकारले कार्य गर्नु पर्छ जसद्वारा प्रत्येक कुरामा येशू ख्रीष्ट मार्फत परमेश्वर प्रशंसनीय हुनु हुनेछ। शक्ति अनि महिमा सदा सर्वदा उहाँके हो। आमिन।
Nepali Tamang 2011
चुदे खालैसे ताम पाङ्बा मोलम याङ्बा मुसम थेसे परमेश्वरसे पाङ्बा अन्छार पाङ्गै, चुदे खालैसे ह्रो लबा मोलम याङ्बा मुसम थेसे परमेश्वरसे पिन्बा शक्तिग्याम ह्रो लगै। थेतबासेलमा जम्मान तामदेन येशू ख्रीष्टग्याम परमेश्वरला मानदेन जयजयकार तगै। थेदा सदन जम्मान मानदेन जयजयकार ओच्छे शक्ति तगै। आमेन।