1 Peter 4:14 — Compare Translations

5 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
ख्रीष्‍टमा विश्‍वास गर्दा तिमीहरूको बेइज्‍जती हुन्‍छ भने आफैंलाई धन्‍यको सम्‍झ किनभने परमेश्‍वरका महिमित आत्‍मा तिमीहरूमा वास गर्नुभएको छ।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
यदि ख्रीष्‍टको नाउँमा तिमीहरू निन्‍दित भयौ भने तिमीहरू धन्‍यका हौ। किनभने महिमाका र परमेश्‍वरका आत्‍मा तिमीहरूमाथि रहनुहुन्‍छ।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
ख्रीष्‍टको नामको कारण अपमानित भएका छौ भने तिमीहरू धन्यका हौ; किनकि परमेश्‍वरको महिमाको आत्मा तिमीहरूमा बस्‍नुहुन्छ।
Nepali ERV (पवित्र बाइबल)
तिमीहरुले ख्रीष्टलाई अनुसरण गरेकोमा जब मानिसहरुले गाली गर्छन् तिमीहरु धन्य हुन्छौ किनभने महिमाको आत्मा, तिमीहरुसंग हुन्छ।
Nepali Tamang 2011
चुदे ख्रीष्‍टदा विश्‍वास लबासे लमा खालैसे एनीगदेला बेइज्‍जत लजी भिसम एनीगदेसे ह्राङ परमेश्‍वरग्‍याम मोलम याङ्बा म्‍हि भिसी म्‍हन्‍गो। तिग्‍दा भिसम परमेश्‍वरला आत्‍माला घ्रेन य्‍हालदेन शक्ति एनीगदेदेन छ्‌याम तला।