1 Peter 4:16 — Compare Translations
5 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
तर ख्रीष्टमा विश्वास गरेकोले दु:ख भोग्नुपर्दा लाज नमान। तर ख्रीष्टको नाउँ लिन पाउँदा परमेश्वरलाई धन्यवाद देओ।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तर कसैले ख्रीष्टियान भएको कारण दुःख भोग्दछ भनेता उसले लाज नमानोस, तर त्यही नाउँमा उसले परमेश्वरलाई महिमा देओस्।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तापनि तिमीहरूले ख्रीष्टियान भएको कारण कष्ट भोग्यौ भने लाज नमान, तर तिमीहरूले त्यो नाम पाएकोमा परमेश्वरको प्रशंसा गर।
Nepali ERV (पवित्र बाइबल)
तर आफू ख्रीष्टियान भएकोमा यदि तिमीले कष्ट भोग्छौ भने तिमी लज्जित हुनु पर्दैन। त्यस नामकोलागि बरु तिमीहरुले परमेश्वरको प्रशंसा गर्नु पर्छ।
Nepali Tamang 2011
तर खालैसे ख्रीष्टियान तबासे लमा दुख नामुला भिसम थापेःगो। बरु ख्रीष्टला लागिरी दुख नाम्याङ्जी भिसी परमेश्वरला जयजयकार लगै।