1 Peter 4:3 — Compare Translations

5 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
बितेको समयमा तिमीहरू परमेश्‍वरलाई नचिनेका मानिसहरूले मन पराउने चालचलनमा चल्‍ने गर्थ्‍यौ। तिमीहरू छाडा थियौ, शरीरको अभिलाषामा लागेका थियौ, मतवाला थियौ, मोज-मज्‍जा गर्थ्‍यौ, दाखमद्यको भोज लगाउँथ्‍यौ र घिनलाग्‍दा मूर्तिपूजा गर्थ्‍यौ।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
बितेका दिनमा अन्‍यजातिहरूले गरेझैँ तिमीहरूले व्‍यभिचार, कुवासना, मद्यपान, मोजमज्‍जा, पियक्‍कड़पन र घृणित मूर्तिपूजामा प्रशस्‍त समय बितायौ।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
किनकि बितेका समयमा तिमीहरूले छाडा, वासनाका जीवन, मतवालापन, कामुकता, मोजमज्जा तथा घिनलाग्दा मूर्तिपूजाहरूजस्ता गैरयहूदीले गर्न छानेका कुराहरूमा प्रशस्त समय बितायौ।
Nepali ERV (पवित्र बाइबल)
बितेको समयमा तिमीहरुले ती कुराहरु गरेर अत्याधिक समय नष्ट गर्यौ जुन विश्वास नगर्नेहरुले गर्छन्। तिमीहरु व्यभिचार कुवासना, अभिलाषा, मोज-मज्जा, मतवालापन अनि निषेदित मूर्ति पूजामा संलग्न रहयौ।
Nepali Tamang 2011
ङाच्‍छा मी एनीगदे परमेश्‍वरदा ङोआसेबा म्‍हिगदे ह्रङ्‌बान स्‍य्‍हान्‍दोदेन छ्‌याम ब्रेल्‍सी भ्रबा, सेमरी जे लइ म्‍हन्‍बा थेनोन लसी भ्रबा, ङ्‌य्‍होइबा स्‍हे थुङ्सी मोजमजा लसी भ्रबादेन मूर्तिदा परमेश्‍वर भिसी ल्‍हानान पूजा लसी नइबा खबा गे लसी भ्रजी।