1 Peter 4:6 — Compare Translations
5 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
त्यसैले त मरेकाहरूलाई पनि सुसमाचार प्रचार गरिएको हो। यस जीवनमा पृथ्वीका अरू मानिसको झैँ तिनीहरूको पनि न्याय भएको थियो र तिनीहरू पनि परमेश्वरजस्तै आत्मामा जिउन सकून् भनेर मरेपछि पनि सुसमाचार तिनीहरूलाई सुनाइएको हो।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
यसैकारण मृतकहरूलाई पनि सुसमाचार सुनाइयो, ताकि तिनीहरूले मानिसहरूजस्तै शरीरमा इन्साफ पाए तापनि आत्मामा तिनीहरू परमेश्वरजस्तै जिऊन्।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
किनभने शरीरमा चाहिँ अन्य मानिसहरूजस्तै तिनीहरूको न्याय गरियोस्, तर आत्मामा भने परमेश्वरका अनुसार तिनीहरू आत्मामा जिऊन् भनेर नै अहिले मरिसकेका समेतलाई सुसमाचार प्रचार गरिएको हो।
Nepali ERV (पवित्र बाइबल)
ती मानिसहरुलाई सुसमाचार प्रचार गरियो जो अहिले मरिसकेका छन् किनभने तिनीहरुले आफ्नो जीवन कालमा गरेका कर्मका लागि अरु सबैलाई गरिए जस्तै तिनीहरुलाई न्याय गरिनेछ। तर तीनीहरु प्रति सुसमाचार प्रचार गरियो जसद्वारा तिनीहरु परमेश्वर जीवित रहनु भए झैं आत्मामा जीवित रहन सक्छन्।
Nepali Tamang 2011
थेतबासेलमान सिबागदेदा थार्बा पिन्बा समाचार थेःना लबा हिन्ना। जम्बुलिङरी मुबा स्य्हान्दो म्हिगदेदा ह्रङ्नोन सिबा म्हिगदेदाएनोन ल्हुइरी मुबा धुइरी निसाफ लबा मुबा। तसैनोन आत्मारी परमेश्वर ह्रङ् लसीन सोगै भिसी सिबागदेदाएनोन थार्बा पिन्बा समाचार थेःना लबा हिन्ना।