1 Peter 5:1 — Compare Translations
5 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
अब म तिमीहरूकहाँ भएका मण्डलीका धर्म-गुरुहरूलाई भन्दछु। म पनि मण्डलीकै गुरु हुँ अनि ख्रीष्टले भोग्नुभएको दु:ख आफैंले देखेको छु र पछि प्रकट हुने सम्मान्को पनि साझेदार हुनेछु। त्यसैले भन्दछु,
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
ख्रीष्टका कष्टको साक्षी र प्रकट हुने महिमाको सहभागी भएको नाताले र एक सङ्गी-एल्डरको हैसियतले तिमीहरूमध्येका एल्डरहरूलाई म आग्रह गर्दछु।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तिमीहरूमध्येका मण्डलीका प्रधानहरूलाई, म एक सङ्गी प्रधानको नाताले, जो ख्रीष्टको दुःखको साक्षी र प्रकट हुन लागेको महिमामा सहभागीको हैसियतले, तिमीहरूलाई अनुरोध गर्दछु:
Nepali ERV (पवित्र बाइबल)
अब तिमीहरुको समूहमा भएका अग्रजहरुसंग मेरो कुरा छ। म पनि एक अग्रज हुँ। म आफैले ख्रीष्टले यातना भोगेको देखेको छु। अनि म त्यो महिमाको हकदार हुनेछु जो हामीलाई देखाइनेछ।
Nepali Tamang 2011
थेतबासेलमा एनीगदे न्हङला मण्डलीदा च्याबा म्हिगदेदा ङाइ चु बिन्ती लला। तिग्दा भिसम ङाएनोन ख्रीष्टसे नाबा दुख म्राङ्बा मण्डलीदा च्याबा म्हि हिन्ना। थेह्रङ् लसीन ख्रीष्ट दोःसी फेप्खमा थेसे याङ्बा य्हालदेन शक्ति ङाइनोन याङ्ला।