1 Peter 5:10 — Compare Translations

5 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
अलिबेर दु:ख उठाएपछि सबै अनुग्रहले पूर्ण परमेश्‍वरले ख्रीष्‍ट येशूमा तिमीहरूलाई अनन्‍त महिमा बाँड्‍न बोलाउनुहुन्‍छ र उहाँले नै तिमीहरूलाई सिद्ध पार्नुहुन्‍छ र शक्ति दिएर दरिलो बनाई पक्‍का जगमा राख्‍नुहुनेछ।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
सबै अनुग्रहका परमेश्‍वरले ख्रीष्‍टमा आफ्‍नो अनन्‍त महिमाको निम्‍ति तिमीहरूलाई बोलाउनुभएको छ। तिमीहरूले केही बेर कष्‍ट भोगेपछि उहाँले नै तिमीहरूलाई फेरि नयाँ पार्नुहुनेछ, स्‍थिर गर्नुहुनेछ र शक्तिशाली पार्नुहुनेछ।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
सबै अनुग्रहका परमेश्‍वर, जसले तिमीहरूलाई ख्रीष्‍टमा आफ्नो अनन्त महिमामा बोलाउनुभएको छ; तिमीहरूले केही समयसम्म कष्‍ट भोगेपछि उहाँले नै तिमीहरूलाई पुनर्स्थापन गर्नुहुनेछ र तिमीहरूलाई बलिया, स्थिर र शक्तिशाली बनाउनुहुनेछ।
Nepali ERV (पवित्र बाइबल)
यो सही हो, तिमीहरुले अल्प समयको निम्ति यातनाको सामना गर्नु पर्छ। तर त्यसपछि परमेश्वरले हरेक कुरा ठीक गरिदिनु हुन्छ। तिमीहरुलाई उहाँले बलवान तुल्याउनु हुन्छ। उहाँले तिमीहरुलाई साहरा दिनु हुनेछ अनि तिमीहरुलाई लड्नबाट थाम्नु हुनेछ। उहाँ सबै अनुग्रहका परमेश्वर हुनुहुन्छ। उहाँले तिमीहरुलाई ख्रीष्ट येशूमा उहाँको महिमाको सहभागी हुन आह्वान गर्नु भएको छ। त्यो महिमा सदा सर्वदा रहने छ।
Nepali Tamang 2011
जम्‍मान दयामायासे प्‍लिङ्बा परमेश्‍वरसे एनीगदेदा ख्रीष्‍ट येशूदेन छ्‌याम गिक स्‍होसी जुकजुकधोना चिबा ह्राङला य्‍हालदेन शक्तिरी ङ्‌योइबा मुला। एनीगदेसे तिगै धिन दुख नामाहेन्‍से परमेश्‍वरसेन एनीगदेदा पाको म्‍हि स्‍होला, ओच्‍छे एनीगदेला विश्‍वास कोङ्‌ना लला।