1 Peter 5:12 — Compare Translations
5 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
मेरो विश्वासी भाइ सिलासको मद्दतले मैले यो छोटो पत्र तिमीहरूलाई लेखेको छु। मैले यी सबै परमेश्वरको साँचो अनुग्रहको साक्षी दिन र तिमीहरूका साहस बढाइदिन लेखेको हुँ। यस अनुग्रहमा बलियो गरी उभ।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
विश्वासयोग्य भाइ सिलासलाई यो छोटो पत्र लेखाइरहेछु। अर्ती दिँदै म यो घोषणा गरिरहेछु, कि परमेश्वरको साँचो अनुग्रह यही हो। यसमा तिमीहरू दृढ भई खड़ा होओ।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
सिलासको सहायताले, जसलाई म एक विश्वासयोग्य भाइ ठान्दछु, मैले तिमीहरूलाई उत्साह दिँदै र यही नै परमेश्वरको सत्य अनुग्रह भनी छोटकरीमा लेखेको छु। यसमा अटल रहो।
Nepali ERV (पवित्र बाइबल)
मैले सिल्वानसको सहयोगमा यो चिट्ठी लेखें। म जान्दछु कि उनी विश्वासी भाइ हुन्। मैले तिमीहरुलाई उत्साह दिन औ यो परमेश्वरको साँचो अनुग्रह हो भनी साक्षी दिन यो छोटो पत्र लेखेको हुँ। यो अनुग्रहमा दृढ भएर बस।
Nepali Tamang 2011
परमेश्वरला जम्मान सत्य दयामाया एनीगदेदा घोना लबारीदेन आँट पिन्बारी ङाइ विश्वास लखम्बा आले सिलासदा चु चिठीरी जजाकी ताम भ्रिपुङ्बा हिन्ना। परमेश्वरला चु दयामायारी एनीगदे कोङ्सी चिउ।