1 Peter 5:2 — Compare Translations

5 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
तिमीहरू खुसीसँग, करकापमा परेर होइन, तर परमेश्‍वरले चाहनुभएजस्‍तो परमेश्‍वरले तिमीहरूको जिम्‍मामा दिनुभएको बगालको गोठालो बनिदेओ। पैसाको लागि होइन, तर सेवा गर्ने मन लिएर यो काम गर।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तिमीहरूको रेखदेखमा राखिएको परमेश्‍वरका बगालको हेरचाह गर। करले होइन तर स्‍वेच्‍छाले, धनको लोभले होइन तर उत्‍साहसाथ,
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तिमीहरूको हेरचाहमा भएको परमेश्‍वरको बगालहरूको रखवालाको रूपमा गोठालो बनिदेओ। तिमीहरूले गर्नैपर्छ भनेर होइन, तर परमेश्‍वरले चाहनुभएझैँ तिमीहरूको इच्छापूर्वक; पैसाको लोभले होइन, तर तिमीहरूको उत्कट इच्छाले सेवा गर।
Nepali ERV (पवित्र बाइबल)
जुन ती मानिसहरुको तिमीहरु जिम्मावारी छौ, तिनीहरुको हेरचाह गर्नु भनी म निवेदन गर्छु। तिनीहरु परमेश्वरका बथान हुन्। ती मानिसहरुको समूहलाई हेरचाह गरिदेऊ तिमी चाहान्छौ भने, तर वाध्यतामा होइन। यसो गर किनभने तिमीहरु सेवा गर्नमा खुशी छौ, यसो होइन कि तिमीहरु पैसाका निम्ति लोभी छौ।
Nepali Tamang 2011
परमेश्‍वरसे एनीगदेला विश्‍वासरी ख्‍लासी पिन्‍बा थेला म्‍हिगदेदा गोठालोसे ग्‍युगदेदा च्‍याबा ह्रङ् लसी ज्‍यना लसी च्‍यागो। चु गे टाङगाला लोभदेन करसे आहिन, तर ह्राङला सेमहेन्‍से ताङ्सी ताङ्सी लउ। तिग्‍दा भिसम चु परमेश्‍वरसे म्‍हन्‍बा ताम हिन्‍ना।