1 Samuel 1:13 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
हन्नाहले मनमनै प्रार्थना गर्दै थिइन्, तिनका ओठ चल्दै थिए तर केही शब्द निस्कँदैनथ्यो। यसकारण एलीले तिनी मातेकी भन्ने सोचेर
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
हन्नाह मनमनै प्रार्थना गरिरहेकी थिइन्, अनि तिनका ओठ चले तापनि सोरचाहिँ सुनिँदैनथ्यो। एलीले तिनी मातेकी स्त्री हो भनी ठाने।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
हन्नाले आफ्नो मनमा प्रार्थना गरिरहेकी थिइन्; अनि तिनका ओठहरूचाहिँ चलिरहेका थिए। तर तिनको आवाज भने सुनिँदैनथ्यो। यसकारण एलीले तिनलाई मातेकी हो भनी ठाने।
Nepali ERV (पवित्र बाइबल)
हन्नाले ओठ चलाए पनि आवाज ननिकालिकन साँच्चै उनको हृदयमा प्रार्थना गरिरहेकी थिइन्।